काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफामा कमालको प्रगति हासिल गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ करोड ३९ लाख नाफा कमाएको यो बैंकले यो वर्ष भने १९ करोड २ लाख कमाएको हो । 

यो बैंकको खूद ब्याज आम्दानी १२ करोड ८५ लाखबाट वृद्धि भई ३५ करोड ३१ लाख रुपैयाँको उचाईमा पुुगेको छ । यो अवधिमा बैंकले १२ अर्ब ९९ करोड निक्षेप संकलन गरी ११ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ५ अर्ब ३३ करोड निक्षेप संकलन गरी ४ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको थियो । 

ओम डेभलपमेन्ट बैंकको प्रति सेयर आम्दानी बढेर २७ रुपैयाँ ९७ पैसा पुुगेको छ । अघिल्लो वर्ष यही अवधिमा प्रति सेयर आम्दानी २२ रुपैयाँ ९२ पैसा मात्र थियो । बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६२ पैसा तथा मूल्य आम्दानी अनुपात २२.४९ गुणा कायम भएको छ । दोश्रो त्रैमाससम्म यो बैंकको चुक्तापूँजी १ अर्ब ३६ करोड छ भने जगेडा कोषमा ४५ करोड ७३ लाख रुपैयाँ रहेको छ ।