काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ मा सर्वाधिक बोनस बाँडेर लगानीकर्तालाई मालामाल बनाएको शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । 

यो बिमा कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफा ७८ प्रतिशतले वृद्धि गरेको हो । 

अघिल्लो वर्ष दोश्रो त्रैमासमा १० करोड ११ लाख रुपैयाँमा सीमित खूद नाफा बढाएर यो वर्ष १८ करोड १ लाखको उचाईमा पुर्याएको हो । 

बिमा कम्पनीले शुक्रबार प्रकाशित गरेको बित्तीय विवरणका अनुसार यो अवधिमा प्रिमियमबाट हुने खूद आम्दानी ७५ करोड ८३ लाख पुुगेको छ । अघिल्लो वर्ष यो शीर्षकतर्फको आम्दानी ३६ करोड १५ लाखमा सीमित थियो । 

यो बिमा कम्पनीको चुक्तापूँजी ८१ करोड ७६ लाख रुपैयाँ रहेको छ । 

शिखर इन्स्योरेन्सको प्रति सेयर आम्दानी ४४.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ १३ पैसा, तथा मूल्य आम्दानी अनुपात ४८.०८ गुणा कायम भएको छ ।