काठमाण्डौ । पोखराको न्यूरोडमा मुख्य कार्यालय रहेको गण्डकी विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १९.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । 

भदौ २४ गते बसेको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरणको घोषणा गरेको हो । 

घोषित लाभांशका प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । 

गण्डकी विकास बैंक लिमिटेडले आ.ब. २०७२/०७३ को आषाढ मसान्त सम्ममा करिब २१ करोड रुपैयाँ बराबरको संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । यस अवधिमा बैंकले ५ अर्व ५५ करोड निक्षेप संकलन गरी ४ अर्ब ६३ करोड कर्जा लगानी गरेको छ ।

२०६१ सालवाट पश्चिमाञ्चल विकास क्षेत्र र मध्यमाञ्चल बिकास क्षेत्रको चितवन जिल्ला गरी विभिन्न १० जिल्लाहरुलाई आधार मानी प्रधान कार्यालयसहित २१ स्थानबाट गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको उक्त बैंकको हालसम्म झण्डै ५४ करोड बराबरको चुक्तापूँजी रहेको छ ।