काठमाण्डौ । गण्डकी विकास बैंकले आफ्ना सयरधनीलाई १९.३१०६ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफामध्येबाट बैंकका सेयरधनीहरुलाई हकप्रद सेयर जारी पश्चात(बिक्री नभई बाँकी रहेको हकप्रद सेयर लिलाम गरी प्राप्त हुने रकमलाई समेत जोडी कायम हुने २ अर्ब ३० करोड चुक्तापूँजीको १९.३१०६ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।
बैंकको फागुन २६ गते सम्पन्न २०२ औं बोर्ड बैठकले यस्तो निर्णय गरेको नेप्सेमा आज प्रकाशित सूचनामा उल्लेख छ ।
यो निर्णय कम्पनीको आगामी ११ औं वार्षिक साधारणसभा र नेपाल राष्ट्रबैंकबाट समेत स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।
बोनस सेयरपछि चुक्तापूँजी २ अर्ब ७५ करोडको उचाईमा पुुग्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago