काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर शक्तिकान्त दासलाई अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले विश्वव्यापी स्तरमा शीर्ष केन्द्रीय बैंकरका रुपमा स्थान दिएको छ। शक्तिकान्त दासलाई ग्लोबल फाइनान्स सेन्ट्रल बैंकर्स रिपोर्ट कार्ड २०२३ मा ‘ए प्लस’ दर्जा दिइएको हो।
ए प्लस रेटिङ पाएका केन्द्रीय बैंकका ३ गभर्नरको सूचीमा शक्तिकान्त दास शीर्ष स्थानमा छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर (एक्स)मा एक पोस्ट सेअर गरेर ग्लोबल फाइनान्स सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३ मा शक्तिकान्त दासलाई ‘ए प्लस’ रेटिङ पाएकोमा बधाइ दिएका छन्। मोदीले लेखेका छन्, ‘आरबीआई गभर्नर शक्तिकान्त दासलाई बधाइ। यो भारतका लागि गर्वको क्षण हो, जसले विश्वमा हाम्रो वित्तीय नेतृत्वलाई प्रतिविम्बित गर्दछ। शक्तिकान्त दासको समर्पण र दूरदर्शिताले हाम्रो देशको विकास यात्रालाई निरन्तरता दिनेछ।
दासपछि स्विट्जरल्यान्डका गभर्नर थोमस जे जोर्डन र भियतनामको केन्द्रीय बैंकका गभर्नर गुएन थी होङले पनि ‘ए प्लस’ रेटिङ पाएका छन्। ग्लोबल फाइनान्स म्यागजिनका अनुसार कम माग र अवरुद्ध आपूर्ति शृंखलाका कारण मुद्रास्फीतिसँग लड्न मद्दतका लागि सबैजना आफ्ना केन्द्रीय बैंकरतर्फ फर्किरहेका छन्।’
ग्लोबल फाइनान्स पत्रिकाको एक विज्ञप्तिअनुसार मुद्रास्फीति नियन्त्रण, आर्थिक विकास लक्ष्यहरु, मुद्रा स्थिरता र ब्याज दर व्यवस्थापनमा सफलताका लागि उनीहरुले तोकेका ग्रेडहरु ‘ए’देखि ‘एफ’को स्केलमा आधारित छन्। ‘ए’ले उत्कृष्ट कार्यसम्पादन र ‘एफ’ पूर्ण असफलतालाई जनाउँछ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19