काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई पोखरास्थित चरक मेमोरियल अस्पताल प्रा.लि.मा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा एक सम्झौता भएको छ । 

असार १५ गते गरिमा विकास बैंक र अस्पतालबीच यस्तो सम्झौता भएको हो । 

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र चरक मेमोरियल अस्पताल प्रा.लि.को तर्फबाट अस्पताल अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले चरक मेमोरियल अस्पताल प्रा.लि.पोखरामा उपचार गराउँदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट पाउनेछन्।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन् ।