काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं.–५, जोरपाटीमा स्थापित जोरपाटी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्य सम्पन्न गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरे । कार्यक्रम विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधासहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जोरपाटी शाखा कार्यालयले त्यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त  गरे ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९० शाखा र ५१ एटीएम र गरिमारेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।