काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र मुनाल बचत तथा ऋण सहकारी संस्थाबीच ‘गरिमा रेमिट’ सञ्चालन सम्बन्धमा सम्झौता भएको छ । 

साउन १४ गते सोमबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखराको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाँईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ ।