काठमाण्डौ । पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा मुख्य कार्यालय स्थानान्तरण गरेको गरिमाविकास बैंकले नयाँ सडकमा शाखा बिस्तार गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच बैंकले काठमाण्डौं महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकमा आफ्नो ४८ औं शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकको बिस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे । बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थितिमा डेपुटी गभर्नर श्रेष्ठले बैंकको नयाँ शाखा उद्घाटन गरेका हुन् ।
बिस्तारित शाखाबाट लकर सुविधा तथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ । राष्ट्रियस्तरको गरिमा विकास बैंकले म्याग्दीको बेनीमा केन्द्रिय कार्यालय रहेको निलगिरी विकास बैंक र चितवनको सुभेच्छा विकास बैंकलाई आफूूमा गाभिसकेको छ ।
गरिमाले राजधानीमा पाँच शाखासहित देशभर ४८ शाखा तथा १२ एटीएम बुथबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । विकास बैंकहरुमा उत्कृष्ट बन्ने लक्ष्यका साथ अघि बढिरहेको बैंकले केही दिनमा नै रुपन्देहीको मणिग्राममा ४९ औं शाखा बिस्तार गर्दैछ ।
यसका साथै बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर एकमा १० वटा शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसका साथै मुलुकका अन्यपाँच स्थानमा पनि शाखा बिस्तार गर्ने तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
चालु आर्थिक वर्षको असोज २२ गतेसम्ममा बैंकले १५ अर्ब ३० करोड रुपैंया निक्षेप संकलन गरी १३ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago