काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको ११औं बर्ष पूरा गरी १२ औं वर्षमा प्रवेश गरेको अवसरमा २०७५ मंसीर ७ गते शुक्रबार देशका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

विकास बैंकले काठमाण्डौको लाजिम्पाटस्थित केन्द्रीय कार्यालय, शाखा कार्यालयहरु पोखराको महेन्द्रपुल, रुपन्देहीको बुटवल, म्याग्दीको बेनी, चितवनको नारायणगढ, मोरङको विराटनगर, सुनसरीको ईटहरी र दाङको घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 

विभिन्न ८ स्थानमा भएको रक्तदान कार्यक्रमबाट ४३० युनिट रगत संकलन भएको बैंकले जनाएको छ । 

यसै सिलसिलामा विकास वैंकको उद्गमस्थल स्याङ्जाको वालिङ शाखा कार्यालयमा सरसफाई कार्यक्रम गरेको छ । 

साथै, शाखा बिस्तारको क्रममा मंसिर ७ गते कास्की जिल्ला पोखरा महानगरपालिकाअन्र्तगत वूद्घचोकमा समेत सेवा बिस्तार गरिएको छ । नेपाल राष्ट्रबैंकका पोखरा शाखाका निर्देशक पोमनाथ गौतमले सो शाखाको उद्घाटन गरेका थिए । 

विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिकउत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ । 

गरिमाविकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन ।

विकास बैंकले छिट्टै नै पर्साको बीरगञ्ज, चितवनको टाँडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर ,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्दैछ । २०७५ मंसीर ७ गतेसम्म विकास बैंकले रु.२४ अर्ब ५० करोड निक्षेप संकलन गरी २२ अर्ब कर्जा लगानी गरेको छ ।