काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमीटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने बिषयमा सम्झौता भएको छ । 

मंसिर १८ गते मंगलबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा गरिमा विकास बैंक लिमीटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमीटेडको तर्फबाट सो कम्पनीका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरे । 

सो सम्झौतापछि गरिमा विकास बैंकलिमिटेडका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ६६ वटा शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमीटेडको बिमा पोलिसी खरीद गर्नसक्ने छन् ।