काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले बैदेशिक मुद्राको कारोबार सुरुवात गरेको छ ।
माघ १६ गते बुधबार आयोजित एक कार्यक्रममा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले विकास बैंकको शाखा कार्यालय लाजिम्पाटबाट यो सेवाको शुभारम्भ गरेका हुन् ।
यस सुविधाअन्तर्गत विकास बैंकका ग्राहकहरुले परिवत्र्य विदेशी मुद्राहरु खरिद, बिक्री र पासपोर्टबापतको सटही सुविधा प्राप्त गर्नेछन् ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन् ।
विकास बैंकले निकट भविष्यमा पर्साको बीरगञ्ज, चितवनको टाँडी र मिलनचोक, दाङको तुल्सीपुर, बाँकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखाकार्यालय खोल्दैछ ।
विकास बैंकले आर्थिक बर्ष २०७५/७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा रु.२६ अर्ब ९८ करोड निक्षेप संकलन गरी रु.२३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । साथै विकास बैंकले गत वर्षको तुलनामा नाफामा ५४.८१ प्रतिशतले बृद्धि गरी रु.४३ करोड ९३ लाख सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको छ ।