काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले “गरिमा रेमिट’’ सेवा प्रवाह गर्ने भएको छ । 

यो विषयमा गरिमा विकास बैंक लिमिटेड र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबीच चैत १९ गते एक सम्झौता भएको छ । 

सम्झौतामा गरिमाविकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात हाल देशभर रहेका नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिटमार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ ।