काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र आई.एम.ई. लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
 
जेठ २१ गते एक कार्यक्रमका बीच यस्तो सम्झौता भएको हो । 
 
गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र आई.एम.ई लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे । 
 
सो सम्झौतापछि गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आई.एम.ई. लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।
 
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकामा ८ वटा शाखा कार्यालयसहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन् । विकास बैंकले छिट्टै नै देशका थप १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ । 
भवदीय,