काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा एक सम्झौता भएको छ । 

असार १७ गते मंगलबार यस्तो सम्झौता भएको हो । सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको तर्फबाट व्यवसाय तथा बजार प्रमूख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । 

यस सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका भिजाकार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका काठमाण्डौं उपत्यकामा ८ वटा शाखा कार्यालयसहित देशभर ७६ शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।