काठमाण्डौ । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।

बैंकको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले चुक्तापुँजी २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार ९९६.७८ रुपैयाँको १७ प्रतिशतले हुन आउने ४७ करोड ४० लाख २२ हजार ५५९.४५ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमा १६.१५ प्रतिशतले हुन आउने ४५ करोड ३ लाख २१ हजार ४३१.४८ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर प्रयोजनार्थ ०.८५ प्रतिशतले हुन आउने २ करोड ३७ लाख १ हजार १२७.९७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी १३ औँ वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।