काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले बुधबार रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित शाखाको बुधबार औपचारिक उद्घाटन गरेको छ ।

शाखाको उद्घाटन सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले गरे । कार्यक्रममा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औद्योगिक तथा व्यावसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देहीको मुर्गियास्थित शाखा कार्यालयले त्यस क्षेत्रको पुँजी परिचालन तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले आधुनिक सुविधासहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकले सहज रुपमा सम्पूर्ण बैंंकिङ सेवा प्राप्त गर्ने बताए ।

बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेन्टमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।