काठमाण्डौ । ओम हस्पिटल एण्ड रिसर्च सेण्टर चावहिलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र हस्पिटलबीच सम्झौता भएको छ ।
बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले सम्झौतापत्रमा हस्ताक्षर रेका हुन् ।
यस सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका डेविट कार्डहोल्डर ग्राहकहरु, विकास बैंकका कर्मचारी र संस्थापक शेयरधनीहरुले ओम हस्पिटल एण्ड रिसर्च सेण्टरमा उपचार गराउदां अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, इण्डोस्कोपी, कोलोनोस्कोपीलगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्नेछन् ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका राजधानीमा ५ वटा शाखा कार्यालय सहित देशभर ५७ शाखा कार्यालय संचालनमा छन । विकास बैंकले छिट्टै नै काठमाण्डौंको नयांबानेश्वर, ललितपुरको कुमारीपाटी, भक्तपुरको सुर्यविनायक, पोखराको रामबजार, रुपन्देहीको योगीकुटी, दाङ्गको घोराही, बांकेको नेपालगञ्ज, कैलालीको धनगढी र झापाको दमकमा समेत शाखा कार्यालय खोल्न लागेको बताएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago