काठमाण्डौ । गरिमा विकास बैंकले पुस १२ गते बिहीबारको दिन बाँके जिल्लाको नेपालगञ्ज शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । 

शाखा कार्यालयको उद्घाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धबलसमशेर जबराले गरे । 

विकास बैंकले पुस ११ गते बुधबार घोराही र धनगढी शाखा कार्यालयको उद्घाटन गरेको थियो । 

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन् । 

विकास बैंकले छिट्टै नै पर्साको बीरगञ्ज, चितवनको टाँडी र मिलनचोक, दाङको तुल्सीपुर, बाँकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ । 

पुस ११ गतेसम्म विकास बैंकले रु.२५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २२ अर्ब ३० करोड कर्जा लगानी गरेको छ ।