काठमाण्डौ । चाडपर्वको बेला कार किन्ने योजनामा हुनुहुन्छ ? सस्तो ब्याजदरको बैंक ऋण चाहिएको छ ? त्यसो हो भने राष्ट्रिय वाणिज्य बैंकले हालै लञ्च गरेको गाडी कर्जाको स्किम तपाईका लागि उपयुक्त विकल्प बन्नसक्छ । 

आर्थिक वर्ष २०७४/७५ मा समेत सबैभन्दा बढी नाफा कमाउने र कर्जा बिस्तार गर्न सफल बैंकको रुपमा स्थापित पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ९ प्रतिशत ब्याजदरमै गाडी कर्जा उपलब्ध गराउने भएको छ । 

बैंकले बिहीबार निकै आकर्षक बन्नसक्ने गाडी कर्जाको स्किम सार्वजनिक गरेको हो । 

बैंकले ५० लाख रुपैयाँसम्म मूल्यका गाडीमा कर्जा दिनेछ । कर्जा रकमको ६५ प्रतिशत बैंकले लगानी गर्नेछ भने बाँकी ३५ प्रतिशत ग्राहकले डाउनपेमेन्ट गर्नुपर्नेछ । 

यो कर्जाको अवधि ७ वर्षे रहनेछ । प्रशोधन शुल्क ०.५० प्रतिशत मात्र लाग्ने र यसले ब्याजदर ९ देखि ९.५ प्रतिशत पुग्नेछ । 

बैंकले गाडी कर्जाका लागि निवेदन दिएको ७ दिनभित्र निर्णय गरिसक्ने बताइएको छ । 

बैंकले यो योजना कात्तिक मसान्तसम्म मात्र रहने प्रष्ट्याएको छ ।