काठमाण्डौ । मर्सिडिज बेन्जले इलेक्ट्रिक सुपर कार ल्याएको छ। 

यो कार मर्सिडिज–बेन्ज भिजन वन–इलेभेन हो। जुन लिजेन्डरी मर्क सी१११ कन्सेप्ट कारको आधुनिक भर्जन हो। जसलाई जर्मन कार निर्माताले भिजन वन–इलेभनको नाममा पेस गरिएको छ। 

यो अवधारणा मर्सिडिजको बढ्दो विद्युतीय पोर्टफोलियोका लागि नयाँ आइकनका रुपमा डिजाइन गरिएको छ। जुन आईक्यू कन्सेप्ट र १९७० को दशकमा पेस गरिएको मूल सी११ डिजाइनमा आधारित रहेको छ। 

यो कम्पनीले उपलब्ध गराउने नयाँ दुई सिट इलेक्ट्रिक हाइपर कार कन्सेप्ट मोडल हो। मोनोलिथिक एक्सटेरियर डिजाइन, गुल्विङ डोर, सिल्भर अपहोल्स्ट्री इन्टेरियरले सुसज्जित कार कन्सेप्ट सी१११लाई ट्रिब्युट दिनका लागि तयार गरिएको हो।

सी१११ ७० को दशकको प्रायोगिक मध्य–इन्जिन भएका सवारीसाधनहरुको सिरिज थियो। जुन मूल रुपमा रोटरी इन्जिनहरुसँग आएको थियो। यद्यपि यो कहिल्यै उत्पादन स्तरमा पुग्न सकेन र त्यो अवधिमा यसको १२ युनिट मात्र प्रयोगका रुपमा तयार गरिएको थियो।

अब कम्पनीले वान–इलेभेन नामक नयाँ विद्युतीय अवधारणामार्फत त्यसैलाई ट्रिब्युट दिइरहेको छ। सुनौलो रङको बडी, ग्लोस फिनिस र कालो क्ल्याडिङले यो कारलाई निकै आकर्षक बनाएको छ।

यो कार मर्सिडिजका प्रमुख डिजाइन अफिसर गोर्डन वाग्नरले डिजाइन गरेका हुन्। उनले यसलाई सुन्दर सवारी बनाउन कुनै कसर बाँकी राखेका छैनन्।

भिजन वन–इलेभेनले बेलायती फर्म यासाद्वारा निर्मित दुईवटा रियर–माउन्ट एक्सियल–फ्लक्स इलेक्ट्रिक मोटरहरु प्रयोग गर्दछ। यसका साथै यसको लिक्विड–कुल्ड बेलनाकार ब्याट्री सेल मर्सिडिज–एएमजीको युके–आधारित फर्मुला १ डिभिजनले तयार पारेको छ।

कम्पनीले यो नयाँ कन्सेप्टको पावर र परफर्मेन्सका बारेमा अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक नगरे पनि यसलाई विशेष रुपमा कन्फिगर गरिएको छ। जसका कारण राम्रो ड्राइभिङ दायरा र पावर आउटपुटको अपेक्षा गरिएको छ।

मर्सिडिजका प्रमुख टेक्नोलोजी अफिसर मार्कस शेफर भन्छन्, ‘द मर्सिडिज–बेन्ज भिजन वन–इलेभेनले भविष्यको परफर्मेन्सका लागि नयाँ मार्गहरु खोज्छ। यसले मोटर स्पोर्टजस्तो पावर आउटपुट प्रदान गर्दछ।

मर्सिडिज र यासाले ठूलो मात्रामा एक्सियल फ्लक्स विद्युतीय मोटर उत्पादन गरिरहेका छन्। जहाँसम्म कारको डिजाइनको कुरा छ, वन–इलेभेनको स्टाइलले सुधारिएको एरोडायनामिक्सलाई झल्काउँछ। जसले यसलाई सुपरकार बन्न सक्षम बनाउँछ। यसको उचाइ निकै कम राखिएको छ।

लो–सेट फ्रन्ट एन्ड पुरानो सी१११ प्रोटोटाइपजस्तै ब्लफ नोज सेक्सनका रुपमा देखिन्छ। यसमा कार्बन–फाइबर स्प्लिटरद्वारा अन्डरस्कोर गरिएको गोल हेडल्याम्पको साथ पिक्सेलेटेड ग्रिल समावेश छ। हेडल्याम्पको पछाडि तीनवटा एयर इन्टेक पनि देख्न सकिन्छ।

वन–इलेभेनको पछाडि ठूलो स्पोइलर हुन्छ। जसले डाउनफोर्स बढाउन विस्तार गर्छ। यसमा ठूलो साइजको ह्विल्स दिइएको छ। जुन आकर्षक अलोयसँग जडान भएको छ। 

कारको भित्री भागको बारेमा कुरा गर्दा पेडलसहितको दुई सिट स्क्वाबलाई फर्समा इन्टिग्रेट गरिएको छ। अर्थात् चालक र सहचालक दुवै खुट्टा पूरै फैलाएर बस्न सक्छन्। 

ड्यासबोर्डलाई लेदरले ढाकिएको फर्मुला १ स्टाइल स्टेयरिङ ह्विलले ब्रस गरिएको एल्युमिनियमले घेरिएको छ। जब कि चालकको जानकारीका लागि एउटा सेन्ट्रल टचस्क्रिन डिस्प्ले भित्र राखिएको छ। जुन मर्सिडिजको नयाँ ‘एमबीयूएक्स’ सफ्टवेयरद्वारा सञ्चालित हुन्छ। –एजेन्सी