काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले संस्थाको चुक्तापुँजी ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि आगामी आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।