काठमाण्डौ । गुड्विल फाइनान्स लिमीटेडले ६० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तोकेको छ ।
नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचना अनुसार गुड्विल फाइनान्सले आगामी असार २ गतेलाई हकप्रदका लागि बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ असार १ गतेसम्म यो कम्पनीको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरु मात्र हकप्रदका लागि योग्य हुनेछन् ।
धितोपत्र बोर्डले यो कम्पनीलाई बैशाख २१ गते हकप्रद निश्कासनको स्वीकृति दिएको थियो ।
एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ ।
यो फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यका कुल २७ लाख २२ हजार ५ सय कित्ता हकप्रद निश्कासन गर्दैछ । हाल यो कम्पनीको चुक्तापूँजी ४५ करोड ३७ लाख रहेको छ । ६० प्रतिशत हकप्रदपछि चुक्तापूँजी ७२ करोड ६० लाखको उचाईमा पुुग्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago