काठमाण्डौ । गुड्विल फाइनान्स लिमीटेडले आगामी असोज १ गतेदेखि अबितरिक ८१ हजार ७ सय २५ कित्ता सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । 

यो फाइनान्सले गत असार १८ देखि साउन २२ सम्म १० बराबर ६ को अनुपातमा कुल २७ लाख २२ हजार ५ सय कित्ता हकप्रद निश्कासन गरेको थियो । सोमध्ये बिक्री नभएको ८१ ह्जार ७ सय २५ कित्ता सर्वसाधारणतर्फको सेयर लिलामीबाट बिक्री हुने भएको हो । 

इच्छुक लगानीकर्ताले असोज १० गतेसम्म तोकिएको ठाउँमा शिलबन्दी बोलपत्र पेश गर्नसक्ने बताइएको छ । परेका शिलबन्दीहरु असोज १८ गते खोलिने बताइएको छ । 

यो फाइनान्सको अबिरित सेयर लिलामी तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । इच्छुकले प्रति कित्ताका लागि न्यूनतम १ सय रुपैयाँ र न्यूनतम एकसय कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् ।

इच्छुकले काठमाण्डौको लाजिम्पाटस्थित एनआइबिएल क्यापिटलको मुख्य कार्यालयमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नसक्नेछन् ।

हकप्रदको व्यवस्थापनपछि यो कम्पनीको चुक्तापूँजी हालको ४५ करोड ३७ लाखबाट वृद्धि भई ७२ करोड ६० लाखको उचाईमा पुुग्नेछ । 

यो कम्पनीको पछिल्लो कारोबार मूल्य प्रतिकित्ता १८९ रुपैयाँ रहेको छ ।