काठमाण्डौ । राम्रो ब्याजदर पाइने आशामा गुड्विल फाइनान्स कम्पनी लिमीटेडले जारी गर्न लागेको ऋणपत्रमा आँखा चिम्लिएर लगानी गर्ने सोंच बनाउनुभएको छ भने क्रेडिट रेटिङ एजेन्सीको कुरा पनि सुन्न जरुरी हुन्छ ।
देशकै पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गुड्विल फाइनान्सको ऋणपत्रमा लगानी गर्नु जोखिम हुने भन्दै मध्यम रेटिङ प्रदान गरेको छ ।
यस्ता वित्तीय उपकरणमा लगानी गर्नु जोखिममुक्त नै हुन्छ भन्ने चाहि होइन । तर, कमजोर र साना संस्थाले निश्कासन गर्ने ऋणपत्रको लगानी ठूलाको तुलनामा जोखिमपूर्ण हुन्छ ।
इक्राले गुड्विल फाईनान्स लिमिटेड (वित्तीय संस्था)लाई (इक्रा एनपी आइआर) बीबीको निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।
गुड्विल फाइनान्स कम्पनी लिमीटेडले पनि वार्षिक १२ प्रतिशत ब्याजदरको अफरसहित २५ करोड रुपैयाँको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको सन्दर्भमा इक्राको यो प्रक्षेपण बाहिर आएको हो।
गुड्विलको ऋणपत्रमा वाणिज्य बैंकहरुले अफर गरेकोभन्दा राम्रो ब्याज पाइने भए पनि जोखिम पनि मध्यम खालकै हुनेछ । ऋणपत्र दश वर्षे अवधिको हुनेछ । ऋणपत्रमा लगानी गर्नेलाई अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।
कम्पनीले रु. १ हजार दरका २ लाख ५० हजार इकाई ऋणपत्र निश्कासनको तयारी गरेको हो ।
धितोपत्र बोर्डले कम्पनीको आवेदनलाई पाइपलाइनमा राखेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19