काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेड बीच बुधबार एक कार्यक्रमबीच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र कुमारी बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । 

आफ्ना ग्राहक वर्गलाई सहज रुपमा सेवा प्रदान गर्न सो सम्झौता गरिएको बैंकले जनाएको छ । सम्झौतापछि अब कुमारी बैंक लिमिटेडका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । 

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजना लगायत १२ वटा योजना ६४ शाखा तथा उपशाखा कार्यालय मार्फत सेवा उपलब्ध गराउदै आएको छ ।