काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ औँ वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ।
कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो। वार्षिकोत्सवका अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम प्रतिफल दिने प्रतिबद्धतसमेत व्यक्त गरेको छ। यसका साथै आम जनताहरुमा बीमाको पहुँच पुर्याउन निरन्तर लागिपर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत अघि बढ्ने प्रतिबद्धतासमेत कम्पनीले जनाएको छ।
कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधिमा १० अर्बभन्दा बढीको जीवन बीमा कोष बनाउन सफल भइसकेको छ। १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको छ।
वार्षिकोत्सवका अवसरमा कम्पनीले ‘बीमा पनि बचत पनि, कम बीमा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19