काठमाण्डौ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १७.७८ प्रतिशत लाभांश अनुमोदन गरेको छ। 

न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षसम्मको मुनाफाबाट चुक्तापुँजी रु. ८ करोड ३४ लाखको कुल १७.७८ प्रतिशतले हुन आउने लाभांश अनुमोदन गरेको छ।

अनुमोदिन लाभांशमा ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनश सेयर रहेका छन्। 

सभाले सञ्चालक समितिबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्तावसमेत पारित गरेको छ। 

सोही सभाले चालु आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्तिसमेत गरेको छ। 

सभाले संस्थापक समूहअन्तर्गत रिक्त रहेका ४ जना सञ्चालकमा उदयनारायण बराल, अशोक गौतम, राजुप्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ।