 
                     
                                
                             
                                    काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ करोड ७५ लाख रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ३९ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ लाख ५ हजार २६३ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19