काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरी आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो।

कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ निवासी मनिपाल बुढा मगरकोे परिवारलाई १३ लाख रुपैंयाँ बराबरको चेक हस्तान्तरण गरेको हो। 

क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रमुख मोहन लाल कुँवरले मृतकको श्रीमती रास्टी रोकालाई उक्त चेक हस्तान्तरण गरेका हुन्। 

बुढाले गुराँस लाइफ इन्स्योरेन्समा म्यादी जीवन बीमा गरेका थिए। मृत्यु दाबी भुक्तानीबापत आएको केही रकमबाट रोकाले आफ्नो भविष्यका लागि बचतसमेत गरेकी छन्। गरोकालाई ४ लाख १० हजारको गुराँस जीवन रक्षक बीमा योजनाको बीमालेखसमेत कम्पनीले आज नै प्रदान गरेको छ।  

बीमालेख ग्रहण गर्दै रोकाले समयमा नै सबैले जीवन बीमा गर्नुपर्ने भन्दै जीवन बीमाले भोलिका दिनहरुमा आर्थिक सहायता प्रदान गर्ने बताइन्।