काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय वीरगन्जले महागढीमाई नगरपालिका वडा नं. ३ का बीमित स्व. नगनारायण प्रसाद जयसवलकी  श्रीमती गुन्जा जयसवललाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको छ।

कम्पनीका क्षेत्रीय प्रमुख प्रमोदप्रसाद साहले स्व. जयसवलले कम्पनीबाट बीमालेख धितो राखी लिएको ऋण कट्टा गरी रु. ४६ लाख ४७ हजार ८७३ को चेक हस्तान्तरण गरेका हुन्। स्व. जयसवालले गुराँस लाइफ इन्स्योरेन्समा ५० लाखको गुराँस वार्षिक नगद फिर्ता जीवन बीमा योजना बीमा गरेका थिए। उनको केही समयपहिले निधन भएको हो। 

कार्यक्रममा क्षेत्रीय प्रमुख साहले बीमा बचतसहित जीवनमा आइपर्ने यस्ता आप्रत्याशित घटनाले आश्रित परिवारमा हुने आर्थिक क्षतिको बलियो आधार हुने हुँदा उपस्थित सबैले आफ्ना लागि उचित हुने बीमा गर्नुपर्ने बताए।