काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांशबिना नै आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आफ्नो आठौं वार्षिक साधारणसभा पुस १८ गते बुधबार बिहान ११ बजे धनकुटाको भेडेटार भिलेज रिसोर्टमा आह्वान गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०७९-८० को नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश बाँड्ने छैन । यहीकारण एजीएममा समेत सोसम्बन्धी कुनै अजेण्डा राखिएको छैन ।
सो आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, सोही अवधिको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने अजेण्डा प्रस्तुत हुनेछ ।
सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको समेत सभामा निर्वाचन हुने कार्यक्रम रहेको छ ।
यो लघुवित्तले एजीएमबाट अन्य कुनै लघुवित्तसँग मर्जरमा जाने प्रस्तावमाथि समेत छलफल गरी सो सम्बन्धी काम गर्ने सबै अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एकदिन बुक क्लोज हुने बताएको छ । यसको अर्थ नेपाल स्टक एक्सचेञ्ज लिमीटेडमा पुस ३ गतेसम्म कारोबार भई प्रचलित कानून बमोजिम सेयर नामसारी भएका सेयरधनीहरु मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago