काठमाण्डौ । नेपाल राष्ट्रबैंकले जनता बैंकका तत्कालीन संचालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बैकिङ कसूर गरेका ठहर गर्दै उनको परिवारको नाममा रहेको ८५ हजार कित्ता सेयर जफत गर्न निर्देशन दिएको छ ।
संचालक समितिमा रहेको बेला न्यौपानेले श्रीमती सुमित्रादेवीको नाममा ५२ हजार ४ सय ७० कित्ता सेयर खरीद गरेका थिए । बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐनले संचालकले पदमा बहाल रहेदेखि अवकास पाएको १ वर्षसम्म आफूू वा परिवारका कुनै पनि सदस्यको नाममा आफूसम्बद्ध संस्थाको सेयर खरीद गर्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाविपरीत कार्य गरे त्यसलाई बैकिङ कसूर भएको मानिने ऐनमा उल्लेख छ ।
सोही ऐनको दफा १२ को उपदफा २ मा भएको व्यवस्था अनुसार राष्ट्रबैंकले जनता बैंकलाई सुमित्राको नाममा खरीद गरिएको ५२४७० कित्ता सेयर, त्यसबाट प्राप्त बोनस र हकप्रद सेयर समेत गरी कुल ८५ हजार कित्ता जफत गर्न निर्देशन दिएको बुझिएको छ ।
केन्द्रीय बैंकबाट प्राप्त निर्देशन अनुसार जनता बैंकको संचालक समितिले न्यौपानेको नाममा रहेको सेयर जफतको प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको छ । जफत सेयर केही दिनभित्रै सार्वजनिक सूचना जारी गरी बोलकबोलबाट बिक्री गरिनेछ ।
गत वर्ष माछापुच्छे बैंकसँग मर्जरको सम्झौता भएलगत्तै न्यौपानेले श्रीमतीको नाममा सेयर खरीद गरेका थिए । यो प्रकरण एकाएक बाहिर आएपछि उनले जनता बैंकको संचालक समितिको अध्यक्षबाट राजीनामा दिएका थिए । सो बेला बैंकले एक छानबिन समिति बनाए पनि त्यसको निश्पक्षतामाथि प्रश्न उठेको थियो ।
जफत भएको सेयर बिक्रीपछि आउने रकम बैंकको आम्दानीमा जोडिने बैंकका एक अधिकारीले जानकारी दिए । हाल यो बैंकको बजार मूल्य प्रतिकित्ता २५० को हाराहारीमा छ । यो हिसाबले न्यौपानेको सेयर जफत गरी बिक्रीबापत बैंकले २ करोड बढी आम्दानी गर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago