काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ।
कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि पुस २१ गतेबाट पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले गत आर्थिक वर्षका लागि कुल ११.४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस र ३.४० नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश कमपनीले यही पुस २८ गते डाकेको १९ औँ वार्षिक साधारसभाले पारित गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago