काठमाण्डौ । यसअघि दुईपटक स्थगित गरिएको गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा पुनः डाकिएको छ।
गोर्खाज फाइनान्स सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को २६ औँ वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भर्चुअल माध्यमबाट काठमाण्डौको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा बिहान ११ बजेबाट सुरु हुनेछ।
यसअघि संस्थाले गत भदौ ९ गते वार्षिक साधारणसभा डाकेको थियो। तर त्यतिखेर जारी निषेधाज्ञाधका कारण स्थगित गरिएको थियो।
त्यसपछि पुनः संस्थाले गत भदौ २४ गते वार्षिक साधारणसभा डोकेको थियो। तर उच्च अदालत पाटनको अन्तरिम आदेशपछि सो मितिमा वार्षिक साधारणसभा स्थगित गरिएको थियो।
सभाले संस्थापक र सर्वसाधारण समूहबाट ३/३ गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सोही सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक, आर्थिकलगायतका प्रतिवेदन पारित गर्नेछ।
सभा प्रयोजनका लागि संस्थाले आउँदो असोज १० गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ७ गतेसम्म (असोज ८ गते शुक्रबार र ९ गते शनिबार) कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19