काठमाण्डौ । आज बजार दिनभर उतारचढाव देखियो। दिनभरको इन्ट्रा डे कारोबारमा बजार घटेर करिब १९९० सम्म आएर पुनः २००० माथि नै बन्द भएको छ। 

बजारलाई विभिन्न इन्डिकेटरमार्फत हेर्दा सिम्पल मुभिङ एभरेजमा बजारले गोल्डेन क्रसओभर आसपासमा सपोर्ट लिँदै गरेको बुझ्न सकिन्छ। बजारमा दिनभर झन्डै ६५ अंकको उतारचढाव देखिन्छ। तर, कारोबार भने अघिल्लो दिनको तुलनामा घटेको छ। 

आजको बजारलाई दिनभरको कारोबारलाई वान आवर चार्टमा हेर्दा भने म्याक्डीमा बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम पनि पोजिटिभ बनेको छ। आरएसआई २१ को ओभर सोल्ड जोनबाट फर्केर हाल बढ्दो गतिमा ४५ को विन्दुमा पुगेको छ। आवरली चार्टमै बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा आज अन्तिम आवरमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। 

यद्यपि, बजारले मध्य ब्यान्डलाई ब्रेक गर्न सकेको छैन। आजको कारोबारमा २०२३ को विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २०३१ भन्दा माथि–माथि टिकेर कारोबार भएमा बजारले माथिको यात्रा तय गर्न सक्ने बुझिन्छ। 

कारोबारको हिसाबले भने आज बजार सामान्य अवस्थामै देखिन्छ। समग्र तीनवटै इन्डिकेटरले भने बजारले विस्तारै माथिको यात्रा तय गर्दै गरेको बुझ्न सकिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका सिफारिस भने होइन।