काठमाण्डौ । भारतीय उद्योगपति तथा अडानी ग्रुपका अध्यक्ष गौतम अडानीको सम्पत्ति अचानक जोडदार उछाल आएको छ। योसँगै अडानी फेरि विश्वका शीर्ष २० धनाढ्यको सूचीमा प्रवेश गरेका छन्। 

ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार पछिल्लो २४ घन्टामा अडानीको नेटवर्थ २.९२ अर्ब डलरले बढेको छ। योसँगै उनको कुल नेटवर्थ ६३.८ अर्ब डलर पुगेको छ। 

सम्पत्तिमा आएको उछालसँगै अडानी पुनः विश्व शीर्ष धनाढ्यको सूचीमा २० औँ स्थानमा उक्लिएका छन्। 

अडानी ग्रुपको १० वटै कम्पनीको सेयरभाउमा आएको उछालसँगै गौतम अडानीको सम्पत्तिमा बढोत्तरी भएको हो। 

यो वर्षको सुरुआतमा हिन्डनबर्गको रिपोर्ट सार्वजनिक भएपछि गौतम अडानीको सम्पत्तिमा पहिरो गएको थियो। रिपोर्टमा अडानी समूहले सेयरभाउमा हेरफेर, खराब कर्जालगायत ८८ वटा गम्भीर आरोप लगाइएको थियो। 

हिन्डनबर्गको रिपोर्ट सार्वजनिक भएपछि गौतम अडानीको सम्पत्ति ८० प्रतिशतभन्दा बढीले घटेको थियो। 

सन् २०२२ मा अडानी विश्वका शीर्ष धनाढ्यको सूचीमा दोस्रो स्थानसम्म पुगेका थिए। तर, हिन्डनबर्गको रिपोर्टपछि उनी शीर्ष ३० धनाढ्यको सूचीबाट पनि बाहिरिएका थिए। –एजेन्सी