काठमाण्डौ । आज बजार बिहानैदेखि बढेको थियो। दैनिक चार्टमार्फत हेर्दा पनि बजारमा ग्याप अप ओपनिङ बनेको देखिन्छ। आज  बजारमा प्रि–ओपनिङ सेसनमा नै बढेर खुल्दा ग्याप अप ओपनिङ बनेको हो। 

दैनिक चार्टमै हेर्दा आज बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। आवरली बेसमा आजको बजारलाई हेर्दा भने बुलिस पिनबार बनेको देखिन्छ। 

यदि बजारमा रातो क्यान्डल र हरियो क्यान्डलको बीचमा ह्याम्मर आकृति बन्छ भने त्यसलाई बुलिस पिनबार भनिन्छ। यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ। 

दैनिक चार्टमा नै बोलिंगर ब्यान्डमार्फत हेर्दा बजारले तल्लो ब्यान्डमा छोएर हरियो मारुबुजु क्यान्डल बनेको छ। म्याक्डीमार्फत हेर्दा भने बजारले गत २६ जनवरीमा बनेका बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। तर, हिस्टोग्राम भने विस्तारै छोटा–छोटा हुँदै गएका छन्। 

आरएसआईमार्फ हेर्दा बजारले ४० को तहबाट फर्केर हुक बनाएको छ। यसले कही दिन ‘डब्ल्यू’ आकार बनेपछि बजारले माथिको यात्रा तय गर्न सक्ने देखिन्छ। 

आवरली बेसमा बजारलाई हेर्दा भने आरएसआई २५ को ओभर सोल्ड जोनबाट ४३ को तहमा पुगेको छ। म्याक्डीमा बुलिस क्रसओभर बनेको छ भने बोलिंगरको मध्यब्यान्ड छुन खोजेको देखिन्छ। यस हिसाबले हेर्दा यदि आगामी कारोबारमा क्यान्डल स्टिकले भोलुमसहित बोलिंगरको मध्य ब्यान्ड ब्रेक गरेमा बजार यूटर्न लिँदै गरेको भन्न सकिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।