काठमाण्डौ । आज बजार दिनभर बढेर २००० माथि बन्द भएको छ।
दिनभरको बढोत्तरीमा पनि आज बजार १९७५ भन्दा माथि–माथि टिकेर कारोबार भएको थियो। आज बजार बिहान प्रि–ओपन सेसनमै बढेर खुलेकोले ग्याप अप ओपनिङ देखिएको छ। आज बनेको क्यान्डलले यसअघिका २ वटा राता क्यान्डललाई पूरै कभर गरेको छ।
प्राविधिक रुपमा गएका तीनवटा क्यान्डललाई मिलाएर हेर्दा यो साता मर्निङ स्टार बनेको देखिन्छ। मर्निङ स्टार भनेको बुलिस ट्रेन्ड रिभर्सल प्याट्रन हो।
यसमा तीनवटा क्यान्डल हुन्छन्। पहिलो क्यान्डल रातो मारुबुजु हुने गर्छ। दोस्रो क्यान्डल भनेको जुनसुकै रङको हुन सक्छ। तर, ‘डोजी’ र ‘स्पिनिङ टप’ क्यान्डल हुनुपर्छ।
तेस्रो क्यान्डल भनेको ग्याप अप ओपनिङसँगै हरियो मारुबुजु क्यान्डल हुने गर्छ। योसँगै राम्रो भोलुम तथा कारोबारमा पनि बढोत्तरी आएको खण्डमा यसको भ्यालिडिटी बढी हुने गर्छ।
नेप्सेको चार्टमा यो साता लामो समयपछि आज तीनवटा क्यान्डललाई मिलाएर हेर्दा मर्निङ स्टार बनेको छ (हेर्नुहोस् चारकोठा भित्र हरियो एरो)। यसले बजारले माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ।
बजारलाई इन्डिकेटरमार्फत हेर्दा आरएआई ओभर सोल्ड जोन २९ बाट फर्केर हाल ४२ को तहमा पुगेको छ। मनी फ्लो इन्डिक्समार्फत हेर्दा २० बाट फर्केर ३२ मा पुगेको छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago