 
                     
                                
                             
                                    काठमाण्डौ । युरोपेली युनियन (ईयू) का सदस्य राष्ट्रहरु ग्यासको खपतमा कटौती गर्न सहमत भएका छन्।
रुसले ग्यासको आपूर्ति अवरुद्ध गर्ने संकेत गरेसँगै युरोपेली मुलुकहरुले खपत कम गर्न सहमत भएका हुन। ईयूको यो निर्णय केही देशलाई भने बाध्यकारी हुने छैन।
युरोपेली मुलुकहरु स्वेच्छिक रुपमा अगस्टबाट मार्चसम्म ग्यासको खपतमा १५ प्रतिशत घटाउन सहमत भएका छन्।
यसअघि कुनै पनि देशलाई यो सहमति बाध्यकारी भनिएका कारण कतिपयले विरोध गरेका थिए। ईयूले यो सहमतिको उद्देश्य जाडोयामअघि ग्यासको बचत गर्नु रहेको जनाएको छ।
ईयूको ग्यास पाइपलाइन नपुगेका आयरल्यान्ड, माल्टा र साइप्रसलाई ग्यासको प्रयोग घटाउने सहमति बाध्यकारी हुने छैन। उनीहरुसँग आपूर्तिको वैकल्पिक स्रोत नभएकाले छुट दिइएको जनाइएको छ।
ईयूले ऊर्जा आपूर्तिलाई निरन्तर हतियार बनाएको भन्दै रुसलाई चेतावनीसमेत दिएको छ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19