काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १६ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा १४.३७ प्रतिशतले बढेको हो ।
यो लघुवित्तले १८ करोड ५९ लाखमा सीमित संचालन मुनाफालाई बढाएर २१ करोड ६० लाखको उचाई चुमाएको छ भने २८ करोड ४० लाखमा सीमित रिजर्बको आकार ९७.२१ प्रतिशतले बढाएर ५६ करोड माथिको उचाई चुमाएको छ ।
अघिल्लो ५९ करोड ८९ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ६६ करोड ५३ लाख पुगेको छ भने ४.९६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा सामान्य घटी ४.७६ प्रतिशतको अनुपातमा सीमित भएको छ ।
समीक्षा अवधिमा यो लघुवित्तले ३ अर्ब ९ करोड निक्षेप संकलन गरी तथा ४ अर्ब ७६ करोड सापटी लिएर ९ अर्ब ६८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप, सापटी र कर्जातर्फ क्रमशः १८.८८, १.२४(नेगेटिभ) र १३.६६ प्रतिशतको अन्तर देखिएको हो ।
अघिल्लो वर्ष ८.९० प्रतिशत रहेको कस्ट अफ फण्ड अझ बढेर ९.१७ प्रतिशत पुगेको छ भने २९.२६ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर ३३.४७ रुपैयाँको उचाईमा पुगेको छ ।
समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर नेटवर्थ १८५.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.३२ गुणा कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago