काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा संस्थाले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७९.१८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ७८.७८ प्रतिशतले घटेको लागेको छ। गत वर्ष यही अवधिमा ४१ करोड ८२ लाख रुपैयाँ रहेको यस्तो मुनाफा समीक्षा अवधिमा घटेर ८ करोड ८७ लाख रुपैयाँमा सीमित बनेको छ। 

संस्थाले खुद ब्याज आम्दानी पनि २६.४८ प्रतिशतले घटेर ६७ करोड ३१ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९१ करोड ५६ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिमा निष्क्रिय कर्जा ४.२३ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ। 

संस्थाले ५ अर्ब ७० करोड रुपैयाँ सापटी लिई १२ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ६ अर्ब ८४ करोड रुपैयाँ सापटी लिई १४ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाले रिजर्भको आकार ८.६२ प्रतिशतले बढाउँदै १ अर्ब ३३ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा १ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.०१ रुपैयाँ रहेको छ। पीई रेसियो ६०.१६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २३५.८७ रुपैयाँ रहेको छ।