काठमाण्डौ । भारतमा मारुती ब्रेजा आफ्नो सेगमेन्टमा लगातार दोस्रो महिना पनि पहिलो रोजाईको कार बन्न सफल भएको छ।
भारतीय बजारमा गत जुलाईमा यो कार ७ हजार ८७० युनिट बिक्री भएको छ। गत वर्ष यही अवधिमा यो कार ५ हजार ३०२ युनिट बिक्री भएको थियो। अर्थात् यो कारको बिक्री ४७.२५ प्रतिशतले बढेको छ।
हुन्डईको भेन्यूलाई पछाडि पार्दै मारुतीको ब्रेज्जा ग्राहकको पहिलो रोजाईको कार बन्न सफल भएको हो। हुन्डई भेनु ६ हजार ७३४ युनिट बिक्री हुँदै दोस्रो स्थानमा रहेको छ।
त्यस्तै तेस्रो नम्बरमा टाटा नेक्सन रहेको छ। यो कार ४ हजार ३२७ युनिट बिक्री भएको छ।
महिन्द्राको एक्सयूभी ३०० यो लिस्टमा चौथो नम्बरमा रहेको छ। यो कार २ हजार ५१९ युनिट बिक्री भएको छ।
उता फोर्डको इको स्पोर्ट पाँचौँ स्थानमा रहन सफल भएको छ। यो कार २ हजार ४३८ युनिट बिक्री भएको छ।
यस्तै होन्डाको डब्ल्यूआरभी ७३३ युनिट बिक्रीका साथ छैटौँ स्थानमा रहेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19