काठमाण्डौ । कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिए अनुसार एन आई सी एशिया बैंकले कोभिड १९ संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिइराखिएको जनाएको छ ।
विश्वमा पहिलोपटक कोभिड १९ संक्रमणको जोखिम भेटिएदेखि नै नेपालमा हुनसक्ने जोखिमको परिकल्पना गर्दै विशेष सावधानीका साथ बैंकले ग्राहकहरूलाई आफ्ना सेवा तथा सुविधा प्रदान गरिरहेको बताइएको छ ।
ग्राहक तथा कर्मचारीवर्गको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५० वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहकहरुको विभिन्न बैंकिङ्ग आवश्यकताहरू पूरा गरिरहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले यो अवधिमा कस्ता सुरक्षा उपाय अपनाइरहेको छ त ? हेरौं बुँदागत रुपमा:
ग्राहकहरुको सुरक्षाका लागि अपनाइएका उपायहरूः
एटिएममा अपनाईएका सुरक्षाका उपायहरूः
कर्मचारी वर्गहरूमा सुरक्षाको निम्ति अबलम्बन गरिएका उपायहरूः
बैंकले आंशिक रुपमा शाखा कार्यालयहरू सुचारु गरिरहेको अवस्था भए पनि नेपाल सरकारले जारी गरेको बन्दाबन्दीलाई कार्यान्वयका लागि सघाउ पुर्याउनका लागि बैंकले ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ ग्राहकहरूलाई घरबाट बाहिर निस्कन नपर्ने गरी कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । जसका लागि विद्युतीय बैंकिङ्गबाट गरिने अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था बैंकले गरिसकेको छ ।
घरमै बसी अनलाईन खाता खोल्ने सुविधाका साथै कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न पनि सक्ने बैंकले जनाएको छ ।
साथै, नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एनआईसी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डवाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिसकेको छ ।
विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19