काठमाण्डौ ।ग्रीन भेन्चर्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांस वितरण नगर्ने भएको छ ।  कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई लाभांस वितरण नगर्ने निर्णय गरेको हो । 

उक्त सभाले आगामी माघ ५ गते पाचौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा काठमाण्डौ बानेश्वरमा रहेको बानेश्वर ब्याङक्वेटमा बिहान ११ बजे गर्ने निर्णय गरिएको छ । 

 सो सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/ ८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि आगामी पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।