काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ।
संस्थाको सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो। सभा लमजुङको बेसीसहरस्थित गेट वे हिमालय रिसोर्टमा बिहान ९ बजेदेखि सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २८.९२ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा २७.२७ प्रतिशतले हुन आउने बोनस सेयर र १.४५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) छन्।
सोही सभाले स्पर्श लघुवित्तसँगको मर्जरलाई स्वीकृति दिनेछ। मर्जरका लागि सञ्चालक समितिहरुले प्रस्ताव गरेको ग्लोबल आईएमई लघुवित्तको १ कित्ता सेयरबराबर स्पर्श लघुवित्तको ०.९० कित्ता सेयर कायम हुने गरी गरिएको सेयर स्वाप अनुपातलाई पनि पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले पुस १५ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र संस्थाद्वारा प्रस्तावित लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19