काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणबाट बुधबार गत आर्थिक वर्षको लाभांश अनुमोदन भएको छ।
संस्था लमजुङको बेसीसहरस्थित गेट वे हिमालयन रिसोर्टमा आज भएको वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २८.९२ प्रतिशत लाभांश पारित गरेको छ। जसमा २७.४७ बोनस सेयर र १.४५ प्रतिशत नगद लाभांश रहेका छन्।
सभाले स्पर्श लघुवित्तसँगको मर्जरलाई स्वीकृति दिएको छ। मर्जरका लागि सञ्चालक समितिहरुले प्रस्ताव गरेको ग्लोबल आईएमई लघुवित्तको १ कित्ता सेयरबराबर स्पर्श लघुवित्तको ०.९० कित्ता सेयर कायम हुने गरी गरिएको सेयर स्वाप अनुपातलाई पनि पारित गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19