काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेडको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्तले आर्थिक वर्ष २०७४/७५ मा १ करोड ५८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १ करोड १२ लाखमा सीमित थियो । 

यो अवधिमा कम्पनीले ५ करोड ७५ लाख खूद ब्याज आम्दानी आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ करोड ३ लाख रपैयाँ रहेको छ । 

कम्पनीले ३६ करोड निक्षेप संकलन गरी तथा ९९ करोड ४६ लाख सापटी लिई १ अर्ब १० करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १६ करोड ३४ लाख निक्षेप संकलन गरी तथा ४२ करोड ९३ लाख सापटी लिई ४५ करोड ७० लाख कर्जा परिचालन गरेको थियो । 

यो कम्पनीको अघिल्लो वर्ष यही अवधिसम्म ४ करोड १३ लाख रहेको जगेडाकोषको आकार केही बढी ४ करोड ९२ लाखको उचाईमा पुगेको छ भने १ करोड ७७ लाखमा सीमित संचालन मुनाफा बढेर २ करोड ४९ लाख पुगेको छ । 

अघिल्लो आबको तुलनामा समीक्षा अवधिमा चुक्तापूँजीतर्फ ७० प्रतिशत प्रगति भए पनि सोअनुसार नाफा नबढ्दा प्रतिसेयर आम्दानी(इपीएस)मा भने गिरावट आएको छ ।  कम्पनीको समीक्षा अवधिको इपीएस १६.५३ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १५१.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७५.५१ गुणा कामय भएको छ । 

कम्पनीमा थुप्रिएको खराब कर्जा भने निकै घटेको छ । अघिल्लो वर्षसम्म २.४१ प्रतिशतका रहेको खराब कर्जा(एनपिएल) घटेर ०.७६ प्रतिशतमा सीमित बन्न पुगेको छ ।