काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । 

यो कम्पनीको सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले आर्थिक वर्ष २०७९-८० को  वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीले करसहित १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ । यसैको १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरिएको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।