काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तले खूद नाफामा छलाङ मारेको छ।

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ करोड ८ लाख खूद नाफा कमाएको हो । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा २५६ प्रतिशतले बढी हो । 

लघुवित्तले संचालन मुनाफामा समेत २३६.१५ प्रतिशतको फड्को हान्दै ६ करोडको उचाई चुमाएको हो । 

समीक्षा अवधिमा ७१ करोड २९ लाख निक्षेप संकलन गरी तथा २ अर्ब २६ करोड सापटी लिई २ अर्ब ८३ करोड बढी कर्जा परिचालन गरेको छ ।

अघिल्लो वर्षको यही अवधिको तुलनामा यो लघुवित्तको निक्षेप १४१.४६ प्रतिशत, सापटीतर्फ २२५.३७ र कर्जातर्फ २२२.३६ प्रतिशतको फड्को हानेको हो । 

अघिल्लो वर्ष ४ करोड ५४ लाखमा सीमित रिजर्बकोष केही बलियो भई ५ करोड ५९ लाखको उचाईमा पुगेको छ । 

कम्पनीले १.२६ प्रतिशत रहेको खराब कर्जालाई घटाएर ०.४७ प्रतिशतमा सीमित बनाएको छ भने प्रतिसेयर आम्दानीतर्फ २०९.३१ प्रतिशतको छलाङ हानी ४९.२८ रुपैयाँको उचाई चुमाएको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.५४ गुणा कायम भएको छ ।